बिश्वमा नेपाल चिनाउँने प्रेम बानियाँको शुन्यदेखि सगरमाथासम्म अमेरिककाका शहरमा प्रदर्शन सुरु
वि.सं.२०८२ कात्तिक २४ सोमवार
shares
अमेरिका । नेपालमा शुन्यदेखि सर्वोच्चसम्मको पहिचान छ भन्ने सन्देश वोकेको डकुमेन्र्टी फिल्म एएमसी थियटरमा प्रदर्शन भएको छ । अमेरिकाको बिभिन्न शहरमा प्रदर्शन गरेर नेपालको पहचिान दिने उदेश्यले तयार गरिएको यो लचित्र नेपाली पत्रकार तथा लेखक प्रेम बानियाँको परिकल्पनामा तयार भएको हो ।
कार्यक्रममा सिनेटर शेख रहमान, क्लार्कस्टन मेयर बेभर्ली ब्रुक्स र किंग अफ पप् ओमबिक्रम बिष्ट विशेष अतिथि थिए । शो हाउसफुल थियो । कार्यक्रममा अमेरिकी सरकारी अधिकारी, यहाँस्थित नेपाली संघसंस्था, र नेपालीभाषी समुदायको व्यापक सहभागिता थियो ।

करिब १ मिलियन डलर लागतमा निर्माण गरिएको उक्त डकुमेन्ट्री नेपालको झापा कचनकवलदेखि सगरमाथाको शिखरसम्मको यात्रामा आधारित छ। यसले समुद्र सतहको शून्य तहदेखि विश्वकै सर्वोच्च शिखरसम्मको सबैभन्दा छोटो दूरीमा आधारित ट्रेकिङ ट्रेल अवधारणालाई पहिलोपटक विश्वमाझ प्रस्तुत गरेको छ।
डकुमेन्ट्रीको परिकल्पना, लेखन र नेतृत्व प्रेम बानियाँले गर्नुभएको हो। यसमा चर्चित हलिउड डकुमेन्ट्री पात्र तथा नर्थ फेसका ब्रान्ड एम्बासेडर कोनराड एन्कर, १८ पटक सगरमाथा आरोहण गरेका टेण्डी शेर्पा, विश्व साइकल यात्री तथा आरोही पुश्कर शाह, र माउन्टेनियर आङ पासाङ शेर्पा आदिको फिचरिङ छ।
डकुमेन्ट्रीको निर्देशन र सम्पादन निरन्जन पाण्डे र बलराम बुढाथोकीले गरेका हुन् भने कार्यकारी निर्माता श्रीराम वाग्ले हुन्। निर्मातामा कपिलशरण वाग्ले, एलेक्स पराजुली, राजेन्द्र पाण्डे र जय नारायण शाह रहेका छन्।
निर्माण कम्पनीका अनुसार ‘शून्यदेखि सगरमाथा’ डकुमेन्ट्री विश्वका प्रमुख शहरहरूमा क्रमशः प्रदर्शन गरिनेछ।
































