तीस वर्षे सेवापश्चात प्रहरी महानिरीक्षक खापुङ सहित वरिष्ठ अधिकृतहरूलाई बिदाइ
वि.सं.२०८२ कात्तिक २६ बुधवार
shares
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङ सहित तीन जना वरिष्ठ प्रहरी अधिकृतलाई सेवा अवधि पूरा गरी बिदाइ गरिएको छ।
तीस वर्षे सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लागेका आईजीपी खापुङ, प्रहरी नायव महानिरीक्षक (डीआईजी) ई. फणिन्द्र बराल र संजीव शर्मा दासलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित विशेष समारोहबीच औपचारिक रूपमा बिदाइ गरिएको हो।
समारोहमा नवनियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले खापुङ र अन्य वरिष्ठ अधिकृतहरूलाई शुभकामना सहित बिदाइ गर्दै, उनीहरूले प्रहरी सेवामा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो।
आईजीपी खापुङले आफ्नो दीर्घ सेवाकालमा नेपालको कानून कार्यान्वयन, सार्वजनिक सुरक्षा, अपराध नियन्त्रण र प्रहरी संगठन सुदृढीकरणमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो।
नेपाल प्रहरीले बिदाइ कार्यक्रममार्फत लामो समयदेखि सेवा समर्पण गरेका उच्च प्रहरी अधिकृतहरूको योगदानलाई सम्मानजनक रूपमा कदर गर्ने परम्परा पालन गर्दै आएको जनाएको छ।
































