सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी थापालाई

1.2K
shares
national life insurances
Nabil bank

काठमाडौँ ।सशस्त्र प्रहरी बल नेपालको सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी अब सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) मनिष थापाले सम्हाल्ने भएका छन्।

यसअघि सो पदमा रहेर जिम्मेवारी निर्वाह गर्दै आएका डीआईजी कालिदास धौवजी ३० वर्षे सेवा अवधि पूरा भएपछि गत असोज २४ गते अवकाशमा गएपछि प्रवक्ताको पद खाली रहेको थियो। सोही रिक्त पदमा सशस्त्र प्रहरी उच्च कमान्डले डीआईजी थापालाई नियुक्ति गरेको हो।

सशस्त्र प्रहरी बलले जनाएका अनुसार, अबदेखि संस्थासम्बन्धी आधिकारिक जानकारी, प्रतिक्रिया तथा सञ्चार समन्वयका लागि डीआईजी थापासँग सम्पर्क गर्न सकिनेछ।

सार्वजनिक जानकारीका लागि थापाको मोबाइल नम्बर ९८५१२७२००७ र इमेल– [email protected] उपलब्ध गराइएको छ।

सशस्त्र प्रहरी बल नेपालको गतिविधि, नीति तथा कार्यक्रमबारे समयमै सञ्चारमार्फत जानकारी प्रवाह गर्न प्रवक्ताको भूमिका महत्वपूर्ण हुने गर्दछ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited