सर्वोच्चले दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश

24.9K
shares
Nabil bank

काठमाडौँ । सर्वोच्च अदालतले ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ।

आइतबार दायर बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दामा, न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईंलाई प्रहरी हिरासतबाट मुक्त गरिने निर्णय सुनाएको हो।

यसअघि, बिहीबार न्यायाधीश मेघराज पोखरेल नेतृत्वको इजलासले प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन तथा पक्राउको कारण स्पष्ट गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो।

प्रसाईंका छोरा निराजन प्रसाईंले बुधबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।रिटमा उनले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी परिसर लगायतका निकायलाई विपक्षी पक्षमा राखेका थिए।

प्रसाईंलाई प्रहरीले सोमबार राति भक्तपुरस्थित घरबाट पक्राउ गरेको थियो।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x