बालउज्ज्वल माविको ऐतिहासिक सफलताले नमोबुद्ध थर्कियो : घरेलु मैदानमै जनक माविलाई निमोठ्नसक्ने प्रहार 

4.7K
shares
national life insurances
Nabil bank

काठमाडौं।नमोबुद्ध नगरपालिकाको विद्यालय-स्तरीय भलिबल प्रतियोगितामा बालउज्ज्वल माविले असाधारण खेल प्रदर्शन गर्दै जनक माविको घरेलु मैदानमै उपविजेता बन्न सफल भएको छ । नमुना विद्यालय मानिएको जनक मावि आफ्नो घरमै परेको चुनौती सहन नसक्ने अवस्थासम्म पुग्दा बालउज्ज्वल माविको जुझारुता सबैका लागि प्रेरक बन्यो ।

बालउज्ज्वल मावि “हार्ने छुट छैन” भन्ने संकल्पसहित मैदान उत्रिएको थियो । हल्ला र भीडले खेलाडी सम्म सूचना नपुग्नु जस्ता समस्या आए । हजारौँ विद्यार्थीलाई वरिपरि फिजाएर गरिएको नन- स्टप हल्ला जनक माविको आन्दोलन शैलीकै विचित्र प्रयोगजस्तै देखियो । नमुना विद्यालय भनिएको संस्थाबाट ‘खेल नै बिगार्ने ’ सिकाइएको देखिएको भन्दै शिक्षकमात्र होइन, अभिभावक पनि अचम्ममा परे ।

जनक मावि हार्न लागेको थाहा पाएपछि अनुचित हल्ला, खेल रोक्ने प्रयास, र मनोवैज्ञानिक दबाब सिर्जना गरेको जस्तो व्यवहारले खेलको मर्यादामै प्रश्न उठायो । रेफ्रीको निर्णय पनि स्पष्ट रूपमा पक्षपाती देखियो । सामान्य कारणमा चार वटा फल दिइयो, तर उस्तै गल्तीमा विपक्षीलाई चेतावनीसम्म दिइएन । मुख्य रेफ्रीले सदर गरिसकेको दुई प्वाइन्टलाई सहायक रेफ्रीले उल्ट्याइदिएको घटना त विवादको केन्द्र बन्यो — खेल नियम अनुसार मुख्य रेफ्रीको सङ्केतपछि सहायकले सिठी बजाउन नपाउने स्पष्ट व्यवस्था छ ।

 

यति चुनौतीपूर्ण वातावरण हुँदा पनि विशाल तामाङ, अदिप बल तामाङ, सौरभ घोरसाइने, राज लामा, करुण राई, सरिन तामाङ, अशिम पौड्याल, सुदिप श्रेष्ठ र सजिन लामाले अदम्य खेल भावना प्रदर्शन गरे । भलिबल कोच तथा शिक्षक भद्रेश कुमार तिमिलसिना र धनश्याम बी.क. को मार्गदर्शनमा टीमले ‘हारेर पनि जित बराबरको सन्देश’ दिन सफल भयो ।

 

खेलकुदले दिने धैर्य, अनुशासन र टोली भावना आज पनि सबैले गहिराइमा महसुस गरे । एकछिन त खेलाडी, शिक्षक र समर्थक सबैलाई “यो सपना हो कि विपना ?” जस्तो लाग्यो । तर परिणाम जस्तो भए पनि सम्मानपूर्वक स्वीकार्दै अब रनिङ शिल्डमा ट्रफी उचाल्ने लक्ष्यतर्फ लाग्ने घोषणासहित बालउज्ज्वल माविले भविष्य अझ बलियो बनाउने संकल्प व्यक्त गरेको छ ।

जनक मावि नमुना विद्यालय कहलाए पनि नमोबुद्ध नगरपालिकामा अन्य विद्यालय अगाडि बढेको स्वीकार्न नसक्ने मानसिकता आज स्पष्ट रूपमा देखियो । तर बालउज्ज्वल माविको प्रदर्शनले भने एउटा कुरा प्रमाणित गरिदियो “ खेल ठूला भवनले हैन, ठूलो मन-मिहिनेत र खेलप्रति इमानले विद्यालयको गौरव बन्छ।” बालउज्ज्वल माविको यो उपलब्धि इतिहासमा दर्ज हुने विजय – जस्तै उपविजय रह्यो ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited