समय, क्षमता र नेतृत्वको परिपूर्ण संयोजनः मुख्यसचिवका लागि डा. पुष्कर
वि.सं.२०८२ मंसिर ८ सोमवार
shares
काठमाडौँ । नेपाल सरकारको बर्तमान मुख्यसचिव एकनारायण अर्याल मंसिर १० देखि घर जाँदैछन् । अवको मुख्य सचिवको खोजि सुरु भएको छ । त्यसका लागि विभिन्न सचिवहरुले लविङ्ग गरिरहेका छन् । त्यसमध्ये उच्च शिक्षा,प्रशासनिक दक्षताका हिसावमा नयाँ मुख्य सचिवका लागि योग्य डा. कृष्णहरी पुष्कर भएको चर्चा हुन थालेको छ । पिएचडी गरेका पुष्कर योग्य प्रशासकका रूपमा चिनिन्छन् । गृह तथा सामान्य प्रशासन क्षेत्रमा पनि उनले गहिरो अध्ययन, व्यावहारिक अनुभव र संस्थागत सुधारबारे स्पष्ट दृष्टिकोण इजाजत गर्दै आएका छन् ।
महिला प्रधानमन्त्री सुशीला कार्कीको सम्भावनासँगै मधेसी समुदायका डा. पुष्कर मुख्यसचिव बन्ने संयोजनले समावेशीता र क्षमता दुवै कदर गर्न सक्ने अवस्था छ ।
सरकारको उच्च प्रशासनिक नेतृत्व अल्पकालीन नाम लेखाउने पद होइन, दीर्घकालीन रूपले प्रधानमन्त्रीलाई सहयोग गर्ने, नीति कार्यान्वयनमा स्थिरता दिने भूमिकामा रहन्छ। यही कारण, पूर्ण कार्यावधि बाँकी रहेका, निरन्तरता दिन सक्षम र राज्य–व्यवस्था चलाउन योग्य व्यक्तिलाई मुख्यसचिवमा चयन गर्नुपर्ने सुझाव बलियो भइरहेको छ ।
अन्य सबै सम्भावित दावेदारहरूसँग छ महिना वा एक वर्षभन्दा कम अवधि मात्रै बाँकी छ, जसले दीर्घकालीन सुधार सम्भव नदेखिने तर्क राखिन्छ ।
त्यसैले, डा. कृष्णहरी पुष्कर बाहेक अरू कसैसँग प्रभावकारी रूपमा तीन वर्षभन्दा बढी सेवा अवधि बाँकी छैन, जसले उनलाई व्यवहारिक र समयका हिसाबले पनि सबैभन्दा बलियो उम्मेदवार बनाउँछ।
जेन्जी आन्दोलनको मुख्य माग प्रत्यक्ष कार्यकारी व्यवस्था हो । जसले जनमत प्राप्त नेतालाई पाँच वर्षको स्थिर कार्यकाल दिन्छ । त्यही भावनाअनुरूप, प्रशासनिकतर्फका प्रमुख—मुख्यसचिवले पनि पर्याप्त समय, स्थिरता र नेतृत्व क्षमतासहित काम गर्न सक्नुपर्ने माग छ । त्यस अर्थमा, राज नीतिक नेतृत्वसँग तालमेल, प्राविधिक दक्षता, स्थिर कार्यकाल र निर्णायक कार्यक्षमता सबै गुण डा. कृष्णहरी पुष्करमै देखिन्छन् ।
त्यसैले उनी नै मुख्यसचिवका सर्वाधिक सक्षम, दूरदर्शी र व्यावहारिक विकल्पका रूपमा अगाडि देखिएका छन् ।
यो पनि पढ्नुहोस् छुटाउनु भयो की:
































