नेपाल एसबिआई बैंकले ९% लाभांश घोषणा, ४% बोनस र ५% नगद

690
shares
national life insurances
Nabil bank

काठमाडौं । नेपाल एसबिआई बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको हो ।

सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने जनाएको छ ।

 

बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् शेयरधनीले पाउनेछन् ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited