आईसीसीले २०२६ टी–२० विश्वकपको तालिका सार्वजनिक गर्‍यो, नेपाल ग्रुप ‘सी’ मा

1.2K
shares
national life insurances
Nabil bank

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२६ को टी–२० विश्वकपको तालिका सार्वजनिक गरेको छ। भारतको मुम्बईमा आयोजित विशेष समारोहमार्फत प्रतियोगिताको कार्यक्रम सार्वजनिक गरिएको हो।

विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलङ्काका ७ सहरका ८ भेन्‍युमा आयोजना हुनेछ। भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा यी विश्वकपका ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।

उद्घाटन खेलमा आयोजक भारतले अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। भारतले पाकिस्तानसँग फेब्रुअरी १५ मा कोलम्बोमा खेलेर चिरप्रतिद्वन्द्विता जमाउनेछ। ग्रुप चरणमा हरेक दिन ३ खेल हुनेछ।

नेपाललाई ग्रुप ‘सी’ मा राखिएको छ, जहाँ इंग्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र बङ्गलादेश छन्। नेपालले पहिलो खेल माघ २५ गते (फेब्रुअरी ८) मुम्बईमा इंग्ल्यान्डसँग खेल्नेछ।

भारत भने अमेरिका, नेदरल्याण्ड्स, नामिबिया र पाकिस्तानसहित एउटै समूहमा राखिएको छ। प्रतियोगिताको फाइनल खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ।

यदि पाकिस्तान नकआउट चरणमा पुगे, उसका खेलहरू श्रीलङ्कामा आयोजना गरिने व्यवस्था गरिएको छ। विश्वकपमा २० टोली सहभागी हुँदै ५५ खेल हुनेछ।

यसबाहेक, युरोपेली देश इटालीले पहिलोपटक टी–२० विश्वकपमा स्थान बनाएको छ। आयोजकसहित अफगानिस्तान, अष्ट्रेलिया, बङ्गलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज पछिल्लो सुपर–८ चरण पुगेकै आधारमा सिधै छनोट भएका हुन्।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited