चितवन राइनोजको दोस्रो जित: विराटनगरको अपराजित यात्रा समाप्त

897
shares
national life insurances
Nabil bank

काठमाडौं ।चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा दोस्रो जत दर्ता गरेको छ । दोस्रो जित निकाल्नेक्रममा चितवनले बुधबार विराटनगर किंग्सलाई ४८ रनले हरायो ।

 

चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो । दोस्रो म्याचमा भने ऊ लुम्बिनी लायन्सविरुद्ध ६ विकेटले पराजित भएको थियो । चितवनको दोस्रो जितले विराटनगरको अपराजित यात्रामा पूर्णविराम लागेको छ । ऊ तेस्रो खेलसम्म अपराजित थियो । बुधबार चितवनले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६.५ ओभरमा १ सय २६ रनमै अलआउट भयो ।

 

उसका लागि मर्चेन्ट डे लाङ्गेले ३९, प्रतिश जिसीले ३० र साम हिजलेटले २२ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।विराटनगरको पारी ध्वस्त पार्नेक्रममा चितवनका युवा स्पिनर रञ्जित कुमारले सानदार बलिङ गरे । उनले चार ओभरमा २१ रन दिएर सर्वाधिक पाँच विकेट लिए ।

यस्तै, कमल सिंह ऐरीले दुई सोहेल तनवीर, कप्तान कुशल मल्ल र सैफ अली जैबले एक/एक विकेट हात पारे ।  त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७४ रन बनायो ।उसका लागि रवि बोपाराले उत्कृष्ट अर्धशतकीय पारी खेले । उनले ३८ बलमा तीन चौका र चार छक्काको मद्दतमा ६५ रनको पारी खेलेका हुन् ।

 

जारी सिजनमा रविको यो लगातार तेस्रो अर्धशतक हो । उनले सिजनको पहिलो खेलमा कर्णाली याक्सविरुद्ध ५२ तथा दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध ६६ रनको पारी खेलेका थिए ।

त्यस्तै, विराटनगरविरुद्ध सैफ जैबले ३२, देव खनालले २८, डेविड मलानले १७ तथा कप्तान कुशल मल्लले अविजित २० रन जाडे ।

 

विराटनगरका लागि बलिङमा कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डे लाङ्गेले दुई/दुई तथा शुभम रञ्जनेले एक विकेट लिए ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited