११ महिनामा वाणिज्य बैंकको घरजग्गा कर्जा सवा २ खर्ब नाघ्यो

753
shares
national life insurances
Nabil bank

काठमाडौं। चालु आर्थिक वर्षका ११ महिनामा वाणिज्य बैंकहरूले घरजग्गा क्षेत्रमा कर्जा लगानी सवा दुई खर्ब रुपैयाँ नाघाएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार २० वटा वाणिज्य बैंकले जेठ मसान्तसम्म घरजग्गामा २ खर्ब ३२ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन्, जसमा अघिल्लो वर्षको तुलनामा ७.०३ प्रतिशत वृद्धि भएको छ।

यस अवधिमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक सबैभन्दा धेरै कर्जा प्रवाह गर्ने बैंक बन्यो। बैंकले २५ अर्ब ६ करोड रुपैयाँ लगानी गर्‍यो, जुन अघिल्लो वर्षको तुलनामा ४.२४ प्रतिशत बढी हो।

दोस्रो स्थानमा रहेको एनआईसी एसिया बैंक ले २४ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरे पनि यसको लगानी गत वर्षको तुलनामा १४.६० प्रतिशतले घटेको छ।
तेस्रो स्थानमा रहेको नबिल बैंक ले २४ अर्ब ३६ करोड रुपैयाँ लगानी गर्दै कर्जा विस्तार ६.९७ प्रतिशत ले बढाएको छ।

समीक्षा अवधिमा १५ बैंकले घरजग्गा कर्जा बढाएका छन् भने ५ बैंकले घटाएका छन्।सबैभन्दा धेरै कर्जा वृद्धि कुमारी बैंक मा देखियो, जसको लगानी ८४.४२ प्रतिशत ले बढ्यो।
उता नेपाल बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक र नेपाल एसबीआई बैंक ले घरजग्गा कर्जा लगानी घटाएको तथ्यांकमा उल्लेख छ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited