ठमेलबाट पर्यटक लुटपाटमा संलग्न १३ जना पक्राउ
वि.सं.२०८२ मंसिर १० बुधवार
shares
काठमाडौं । राजधानीमा स्वदेशी तथा विदेशी पर्यटकलाई दुःख दिनु तथा लुटपाटमा संलग्न रहेको आरोपमा १३ जना युवक–युवती पक्राउ परेका छन्। काठमाडौं प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दामा उनीहरुलाई नियन्त्रणमा लिएर चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढ़ाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरू काभ्रे, बाजुरा, तनहुँ, सिन्धुली, सर्लाही, सुनसरी, दोलखा, रामेछाप, गोरखा, बाँके र दाङ जिल्ला बसोबास गर्ने हुन्।
पक्राउ परेकाहरूको पहिचान यसप्रकार छ :
-
काभ्रे – १९ वर्षीय बादल तामाङ
-
बाजुरा – २२ वर्षीय गणेशनाथ
-
तनहुँ – २४ वर्षीय विशाल थापा मगर
-
सिन्धुली – २० वर्षीय गणेश तामाङ
-
सर्लाही – १९ वर्षीय सागर मगर
-
सुनसरी – २२ वर्षीय रमेश क्षेत्री
-
दोलखा – १९ वर्षीय विशाल नेपाली
-
रामेछाप – ২১ वर्षीय मिलन नेपाली
-
गोरखा – २२ वर्षीय बिवश खनखवास
-
बाँके – २३ वर्षीय अभिषेक थापा
-
काभ्रेपलान्चोक – २२ वर्षीय संजय लामा
-
दाङ घोराही – २० वर्षीय प्रतिमा डाँगी
-
दाङ – २१ वर्षीय प्रमिला पुन मगर
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पर्यटकलाई दुःख दिने, धम्की र लुटपाटमा संलग्न भएको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरीले सबै पक्राउ परेकामाथि अभद्र व्यवहार सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान जारी राखेको जनाएको छ।
































