रवि लामिछाने र छविलाल जोशीको मुद्दा आज इजलासमा

1.7K
shares

काठमाडौँ । सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडिया सञ्चालक छविलाल जोशीको मुद्दाको पेशी आज फेरि तोकिएको छ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासले आजका लागि सुनुवाइ तय गरेको हो। यसअघि कानुनी पक्षबाट पटक–पटक माग भएपछि निरन्तर स्थगित हुँदै आएको यो मुद्दा आज पुनः इजलासमा प्रवेश गर्न लागेको हो।

सुप्रिम सहकारी ठगी र संगठित अपराध आरोपमा दुवैजनामाथि १० करोड ९९ लाखभन्दा बढी सामूहिक बिगो कायम गरिएको छ। लामिछाने र जोशी दुवैले आफू–आफ्नो हिस्साको २ करोड ७४ लाख रूपैयाँ बराबरको जमानत पेस गरे पनि अदालतले थुनामै राखी पुर्पक्ष चलाइरहेको छ।

लामिछानेलाई भैरहवाबाट नख्खु कारागार सारिएको छ भने जोशी भैरहवामै छन्। मुद्दा बारम्बार स्थगित हुँदा प्रक्रियामा ढिलाइ भइरहेकाले आजको पेशीलाई महत्त्वपूर्ण मानिएको छ।

civil hospital
Hams Hospitals