प्रेस स्वतन्त्रतामाथि हमला: काउन्सिलको नोटिसप्रति प्रेस चौतारीको कडा आपत्ति

681
shares
national life insurances
Nabil bank

काठमाडौँ। प्रेस काउन्सिल नेपालले नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति प्रसारण गरेको भन्दै ‘मेरो न्युज डट कम’ सहित केही अनलाइन मिडियालाई २४ घण्टे स्पष्टीकरण पत्र काटेको छ।

सिमरा घटनासम्बन्धी ओलीको भाषणलाई उत्तेजनात्मक सामग्रीका रूपमा सामाजिक सञ्जालमा प्रसारण गरिएको आरोप लगाउँदै काउन्सिलले २४ घण्टा भित्र कारण देखाउन निर्देशन दिएको हो। काउन्सिलका अनुगमन अधिकृत सन्तोष अधिकारीद्वारा जारी निर्देशनमा ‘ओली केपी ओली’ शीर्षकमा रिलमार्फत उत्तेजना फैलाउने खालको सामग्री पोष्ट गरिएको भेटिएको उल्लेख छ।

काउन्सिलले पत्रकार आचारसंहिताअनुसार सत्य, तथ्य र सन्तुलित सामग्री मात्र प्रसारण गर्न मिडियालाई सचेत गराउँदै सामाजिक सद्भावमा खलल पुर्‍याउने तथा वैमनस्यता बढाउने सामग्री कुनै पनि हालतमा प्रसारण नगर्न चेतावनी दिएको छ। विवादित सामग्रीलाई स्थगित वा सम्पादन गरी काउन्सिललाई जानकारी गराउन पनि निर्देशन गरिएको छ।

यता, प्रेस चौतारी नेपालले काउन्सिलको कदमप्रति कडा आपत्ति जनाएको छ। पूर्वप्रधानमन्त्रीले दिएको अभिव्यक्ति जस्ताको तस्तै प्रसारण गर्नु प्रेसको दायित्व भएको बताउँदै चौतारीले यसलाई प्रेस स्वतन्त्रतामाथिको आक्रमण भनेको छ। अध्यक्ष गणेश पाण्डेले प्रेस काउन्सिललाई आफ्नो निर्णय तत्काल सच्याउन आग्रह गरेका छन्।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited