२० लाख धरौटी बुझाएर पूर्वसभामुख महरा रिहा

3.6K
shares

काठमाडौँ। सुन तस्करीको आरोपमा पुर्पक्षमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा तोकिएको २० लाख धरौटी बुझाएर रिहा भएका छन्।

 

उच्च अदालत पाटनले २० लाख धरौटी तोकेपछि उनी काठमाडौं जिल्ला अदालतमा उपस्थित भएर धरौटी बुझाएसँगै रिहा भएका हुन्।

 

काठमाडौँ जिल्ला अदालतले २९ असोजमा महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। भेपमा सुन तस्करी गरेको प्रकरणमा मुछिएका महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत २६ असोजमा पक्राउ गरेको थियो।

civil hospital
Hams Hospitals