नेपालको लगातार दोस्रो जीत: हङकङमाथि ११९ रनको ठूलो जित

1.4K
shares
national life insurances
Nabil bank

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले हङकङलाई ११९ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो ।

 

२७१ रनको चुनौती पछ्याएको हङकङ ४०.५ ओभरमा १५१ रनमा समेटियो । कप्तान शिभ मथुरले सर्वाधिक ३० रन बनाए । बलिङमा नेपालका अप्रजित पौडेलले ४ तथा कप्तान अशोक धामीले ३ विकेट लिए ।यसअघि अजमान मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २७० रन बनाएको थियो ।

 

कप्तान अशोकले अर्धशतकीय इनिङ्स खेल्दै सर्वाधिक ७३ रनको योगदान गरे । यस्तै दर्श सोनारले अविजित ४५, दिलसाद अलिले ३६ रन जोडे ।हङकङका अभिमन्यु गणेशन र डेनियल नक्साले २–२ विकेट हात पारे । नेपालले यसअघि पहिलो खेलमा साउदी अरेबियालाई ८ विकेटले पराजित गरेकोे थियो ।

 

१४ टोलीबीच चार समूहमा जारी प्रतियोगिताका प्रत्येक समूहका शीर्ष टोलीले सेमिफाइनल खेल्नेछन् । जसमध्ये पहिलो, दोस्रो र तेस्रो स्थानमा पुग्ने तीन टोली एसिया कपका लागि छनोट हुनेछन् ।नेपालले अब शनिबार मलेसियासँग खेल्नेछ ।

 

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited