सीईओको कुर्सी मोहले डुबाउँदै हिमालयन बैंक: ग्राहक र शेयरधनी जोखिममा

1.8K
shares
national life insurances
Nabil bank

काठमाडौं । हिमालयन बैंकमा लामो समयदेखि देखिएको वित्तीय संकट, ग्राहक सेवा अवरुद्धसँगै मुख्य सूचकहरुमा देखिएको निरन्तर गिरावटले प्राविधिक समस्या मात्र नभई दीर्घकालीन नेतृत्व संकट र संस्थागत अनियमितताको स्पष्ट संकेत देखाएको छ।

 

केहि दिनयता बैँकका ग्राहकले सहज रुपमा रकम निकाल्न नसक्ने अवस्था आएको छ भने इन्टरनेट र मोबाइल बैंकिङ ठप्प हुँदा ग्राहक मर्कामा परेका छन्। बैँकका विभिन्न शाखामा सेवा लिन घन्टौँ लाइन बस्न बाध्य हुने अवस्था सफ्टवेयर अपग्रेड समस्या भन्दापनि गम्भीर देखिएको छ।

 

त्यसमाथि बैँकका सिईओ अशोक शमशेर राणालाई सुरुवात देखि पदमा छन्। राष्ट्र बैंकको प्रावधानअनुसार एक व्यक्तिले दुई कार्यकालभन्दा बढी सीईओ हुन नपाउने नियम छ। तर, बोर्डले बारम्बार राणालाई पदमा राख्दै आएको छ, जसले गभर्नेन्स प्रक्रिया कमजोर भएको छ भने निर्णय स्वतन्त्र नभएको र दण्डहीनता प्रोत्साहित भएको गुनासो व्याप्त छ।

 

एकै व्यक्तिमा शक्ति केन्द्रित हुनु, आन्तरिक अनुगमन प्रणालीलाई कमजोर बनाउँछ र वित्तीय जोखिम बढाउँछ। यो केवल हिमालयन बैंकको समस्या मात्र नभइ यसले सम्पूर्ण बैंकिङ प्रणालीमा असर पर्ने बिश्लेशकहरु बताउँछन् ।।

 

नाजुक वित्तीय अवस्था

 

पहिलो त्रैमासमा हिमालयन बैंकको नाफा घटेर ७० करोड २८ लाख रुपैयाँमा सीमित भएको छ। सञ्चालन नाफा घटेर १ अर्ब ५ करोड रुपैयाँमा झरेको छ भने बैँक कोवितरणयोग्य नाफा ७ अर्ब ५४ करोडले ऋणत्मक छ।

 

हिमालय बैँकको खराब कर्जा बाणिज्य बैँकमध्यकै उच्च छ। खराब कर्जा ७.३९%, गत वर्ष ४.९८% थियो।

 

यी आकडाले देखाउँछन् कि बैंक सिस्टममात्र होइन, सम्पूर्ण वित्तीय रणनीति जोखिमपूर्ण छ।

 

त्रासमा ग्राहक, निक्षप सुरक्षा खतरा

 

बैंकको सिस्टम डाउन हुँदा ग्राहकको खातामा अनधिकृत पहुँच, ह्याकिङ, र ट्रान्जेक्सन मैनिपुलेसनको जोखिम बढेको छ। प्रविधीको युगमा बैंकले आफ्नो जिम्मेवारी पूरा नगरेको र सुरक्षा जोखिम बढाएको ग्राहकको गुनास्स छ।

 

पछिल्लो समय बैंकका हजारौँ ग्राहकले खाता बन्द गरेका छन्। बैंकले ग्राहकको भरोसा गुमाएको छ भने सामाजिक सञ्जालमा बैंकले ‘ग्राहक ठगि’ गरेको भन्दै चर्को आलोचना भैरहेको छ। योसँगै हिमालय न बैँक प्राविधिक समस्यामा मात्र नभई गभर्नेन्स र नेतृत्वमा समेत विफल भएको ग्राहको गुनासो छ।

 

हिमालयन बैंकको व्यवस्थापनमा बोर्डको निगरानी कमजोर हुँदा बैँक मा वित्तीय अनियमितता चरम रुपमा देखिएको छ।बढ्दो खराब कर्जा र वितरणयोग्य नाफा नकारात्मक हुँदा बैँक सँकटमा छ।

 

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:

अन्त्य भएन हिमालयन बैँकमा अशोकको ‘राणा शासन’: जनताको ८ अर्ब ‘झ्वाम’, निदायो नियामक

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited