सिंहदरबारभित्र कालो झन्डासहितको गाडी प्रवेश ! 

2.9K
shares

काठमाडौँ । देशको सर्वाधिक संवेदनशील प्रशासनिक क्षेत्र सिंहदरबारभित्र कालो झन्डा फहराउँदै एक डिब्बा गाडी निर्बाध रूपमा प्रवेश गरेको घटनाले गम्भीर प्रश्न खडा भएको छ।

 

बा–६–ख ४३४८ नम्बरको सो डिब्बा गाडी सिंहदरबारको मूल गेट हुँदै भित्र प्रवेश गर्दा सुरक्षामा खटिएका नेपाल प्रहरी, नेपाली सेना तथा अन्य सम्बन्धित निकाय मौन बसेको देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। गाडीमा टोलोविको झन्डा जस्तै देखिने कालो झन्डा टाँगिएको थियो, जसले सरकारी क्षेत्रभित्र थप शंका र चर्चा बढाएको छ।

 

साधारण नागरिकलाई कालो मास्क लगाएर समेत सिंहदरबार परिसरमा छिर्न कडाइका साथ रोक लगाइने गरिएको छ। तर कालो झन्डा फहराउँदै अज्ञात उद्देश्यका साथ प्रवेश गरेको गाडीलाई सुरक्षा निकायले रोक–छेक नगरेको विषयले सुरक्षा व्यवस्थाको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ।

 

सिंहदरबारभित्र यस्ता गतिविधि भइरहँदा समेत प्रहरी, सेना र अन्य सम्बन्धित निकायले कुनै प्रतिक्रिया नदिएको आरोप लगाइएको छ। घटना सार्वजनिक भएपछि सर्वसाधारणले सामाजिक सञ्जालमा कडा आपत्ति जनाउँदै यस्तो संवेदनशील क्षेत्रमा अनुमति बिना गाडी कसरी भित्र पस्न सक्यो भन्ने प्रश्न उठाएका छन्।

civil hospital
Hams Hospitals