व्यापारी दीपक भट्टको घरमा सिआइबीको छापा हल्ला झूटो, प्रहरीले नै गर्‍यो पुष्टि

23.6K
shares
Nabil bank

काठमाडौं । व्यापारी दीपक भट्टको सानेपास्थित घरमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छापा मारेको भन्ने हल्ला सत्य नभएको भेटिएको छ।

 

आज एकाएक भट्टको घरमा सिआईबीको छापा भन्ने हल्लासँगै केहि संचारमाध्यममा समेत उक्त बिषय सनसनीपूर्ण तरिकाले फैलियो। तर, सिआईबीले भने यो बिषय सत्य नभएको बताएको छ। सिआईबीका प्रवक्ता सिवकुमार श्रेष्ठले उक्त बिषय सिआईबीको जानकारीमै नभएको बताए।सिआईबीका अनुसार उक्त हल्ला पूर्णतया भ्रम फैलाउने उद्देश्यले चलाइएको हो।

 

सामाजिक सञ्चालदेखि केही अनलाइनसम्म फैलाइएको “सिआइबीको छापा” सम्बन्धी समाचारलाई सिआइबीले नै अस्विकार गरेसँगै यो हल्ला कसको स्वार्थमा फैलाइयो भन्ने बिषय चौतर्फी चासो बनेको छ।यस आरोपलाई भट्ट स्वयमले पनि अस्विकार गरेका छन्, उनी भन्छन्- “यो सबै म र मेरो व्यवसायीक करियरमाथि बद्नाम गराउने षडयन्त्र हो। मेरो घरमा सिआईबी आएको कुरा मलाई नै थाह छैन। ” भट्टका अनुसार यो कसैको स्वार्थमा उनलाई बदनाम गराउन फैलाइएको नियोजित अफवाह हो।

 

यो घटनानाले एउटा सार्वजनिक संस्थाको बद्नाम गराएको छ भने संचारमाध्यमप्रति अविश्वास सिर्जना भएको छ।सिआईबीका अधिकारीहरुका अनुसार भट्टसँग सम्बन्धित कुनै पनि बिषयमा सिआइबीले न त छापा मारेको छ, न त कुनै अनुसन्धान टोली परिचालन गरेको छ।

 

यो एकाएक फैलिएको अफवाह तथा भ्रामक कुरालाई आधार सूचना सम्प्रेषण नगर्न सिआईबीले आग्रह गरेको छ।साथै, यो कसैको निहित स्वार्थ र राजनीतिक उदेश्य पूरा गर्न गरिएको नियोजित तथा बनावटी काम भएको हुनसक्ने आशंका प्रहरीकै अधिकारीहरूले व्यक्त गरेका छन्।

 

पछिल्लो केहिदिन देखि भट्टलाई प्रधानमन्त्रीसँग जोडेर “अस्थिरता जन्माउन खोजेको” भन्ने आरोप लाग्दै आएको छ।यसै सन्दर्भलाई लिएर सिआईबीका एक अधिकारी भन्छन्, – “यस्ता आधारहीन हल्लाले अनुसन्धान प्रक्रियालाई जटिल बनाईदिन्छ। सार्वजनिक गर्नुपर्ने बिषय हामी आँफै आधिकारिक विग्यप्ती मार्फत् नै दिँदै आएका छौँ।” तथ्यहिन कुराको पछि नलाग्न उनले आग्रह गरेका छन्।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x