प्रभु बैंक लिमिटेडको कार्यवाहक सिईओमा निरज लम्साल नियुक्त

1.7K
shares

काठमाडौँ । प्रभु बैंक लिमिटेडको कार्यवाहक सिईओमा निरज लम्साल नियुक्त भएका छन्।

 

बैंकले आज एक विज्ञप्तिमा जारी गर्दै नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटको मिति २०८२ मंसिर १४ गते प्रकाशित विज्ञप्ति अनुसार बैंकका प्रमुख कार्यकारी अधिकृत समेत ३ जना कर्मचारीहरु अनुसन्धान प्रक्रियामा रहेकाले लम्साललाई कार्यवाहकको जिम्मेवारी दिइएको जानकारी दिएको हो।

 

बैंकको दैनिक कार्य सञ्चालन, निरन्तर तथा प्रभावकारी रुपमा अघि बढाउनका लागि लम्साललाई कामु सिईओको जिम्मेवारी दिइएको बैंकले जनाएको छ।

 

बरिष्ठताका आधारमा लम्साललाई भोलि अर्थात् २०८२ मंसिर १४ गते देखि लागू हुने गरी बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिईएको हो ।
बैंकबाट सम्पादन हुने सबै किसिमका सेवाहरु सम्पूर्ण शाखा सञ्जालहरुबाट निर्वाध रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाईएको बैँकद्वारा जारी सूचनामा भनिएको छ ।

 

विज्ञप्तिमा भनिएको छ,( ूअनुसन्धानको कारणले बैंकको दैनिक कार्य सञ्चालन, वित्तीय सुशासन, निक्षेपकर्ता, शेयरधनी तथा ग्राहकहरुको हितमा नकारात्मक असर पर्ने अवस्था नरहेको व्यहोरा विश्वास दिलाउन चाहन्छौं । साथै, बैंकका समस्त निक्षेकर्ता, ग्राहक एवं शेयरधनी महानुभावहरुबाट सदाझैँ बैंकप्रति सहयोग, सद्भाव तथा शुभेच्छा प्राप्त भैरहनेमा विश्वस्त छौँ।

civil hospital
Hams Hospitals