Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

साताको दोस्रो दिन शेयर बजार ओरालो, नेप्से ४.२८ अंकले घट्यो

1.3K
shares

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार सामान्य रूपमा घटेर बन्द भएको छ। नेप्से परिसूचक आज ४.२८ अंकले घट्दै २६४५.२४ बिन्दुमा आएर बन्द भयो।

 

आज ३२५ कम्पनीका शेयर कारोबार हुँदै जम्मा ४ अर्ब ७१ करोड रुपैयाँको कारोबार भएको छ।

आजको बजारमा १२४ कम्पनीको शेयर मूल्य बढ्यो भने १२६ कम्पनीको घट्यो।

 

सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा यूनाइटेड मोदी हाइड्रोपावर अग्रस्थानमा रह्यो। यस कम्पनीको २७ करोड १० लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो।

त्यसपछि हिमालयन रिइन्स्योरेन्सको १५ करोड ३८ लाख, र बन्दीपुर केबलकारको १४ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भयो।

 

मुनाफा कमाउनेतर्फ सागर डिष्टिलरी र स्वस्तिक लघुवित्तका लगानीकर्ताले उत्कृष्ट कमाइ गरे, दुवै कम्पनीका शेयर १० प्रतिशतले माथि गएका छन्।

यस्तै झापा इनर्जी र श्रीनगर हाइड्रोका लगानीकर्ताले पनि ९.९९ प्रतिशतको नाफा कमाए।

 

उता, सबैभन्दा धेरै घाटा भने निफ्रा ग्रिन इनर्जी डिबेञ्चरले बेहोर्नुपर्यो। यसका इकाईधनीले आज ९.५१ प्रतिशत मूल्य घटेको अनुभव गरे।

civil hospital
Hams Hospitals