देशका विभिन्न ठाउँमा ठूलो मात्रामा लागूऔषधसहित १८ भन्दा बढी व्यक्ति पक्राउ

15.4K
shares
Nabil bank

काठमाडौं,  देशका विभिन्न जिल्लामा सुरक्षा निकायले आइतबार सञ्चालन गरेको विशेष चेकजाँच तथा निगरानी अभियानमा ठूलो मात्रामा अवैध लागूऔषध बरामद हुनुका साथै दर्जनौँ व्यक्ति पक्राउ परेका छन्।

काठमाडौंमा तीन पक्राउ
काठमाडौं–१४ कलंकीबाट युवराज लाखे करिब ७.४ ग्राम ब्राउनसुगर, डिजिटल तराजु र ५६ हजार रूपैयाँसहित पक्राउ परेका छन्।
त्यसैगरी बुढानिलकण्ठ–४ बाट दिपेश घतानी १२.७६ ग्राम ब्राउनसुगर र मोटरसाइकलसहित पक्राउ परेका छन्।

मोरङमा दुईथरी घटनामा ४ पक्राउ
रतुवामाई–२ डोरियाबाट ४.१० ग्राम ब्राउनसुगरसहित दिपेश धिमाल र पूर्णबहादुर जोगी पक्राउ परेका छन्।
बेलबारीका दुई जना लागुऔषधसहित मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदैं गर्दा पक्राउ परे।

रौतहटमा ४.७५ किलो गाँजा बरामद
चन्द्रपुर–४ सुन्दरबस्तीका सुमन तामाङ योन्जन ४ किलो ७५१ ग्राम गाँजासहित पक्राउ परेका छन्।

कैलालीमा ४ घटना, ६ जना पक्राउ
धनगढी–१० मा २ ग्राम ५४० मिलिग्राम ब्राउनसुगरसहित दुई युवक पक्राउ।
टीकापुर–४ मा ३१० मिलिग्राम खैरो हेरोइनसहित दुई युवक पक्राउ।

झापामा २ पक्राउ
झापा गाउँपालिका–४ बाट १.२५ ग्राम ब्राउनसुगरसहित निशान न्यौपाने र एक अन्य पक्राउ परे।

सुनसरीमा ट्रामाडोल–स्पास्पेनसहित एक पक्राउ
बराहक्षेत्र–७ बाट दिनेश तामाङ ८७ थान ट्रामाडोल र ८८ थान स्पास्पेनसहित पक्राउ परे।

चितवनमा २ छुट्टाछुट्टै घटनामा २ पक्राउ
भरतपुर–१७ र १८ बाट क्रमशः १.३३ ग्राम र २.८९ ग्राम खैरो हेरोइनसहित दुई युवक पक्राउ परे। एक घटनामा मोटरसाइकल पनि बरामद।

दाङमा २ पक्राउ
घोराही–१५ बाट २७० मिलिग्राम ब्राउनसुगरसहित बिशाल बुढामगर र भिमसेन थापा मगर पक्राउ परे।

प्रहरीका अनुसार सबै घटनामा आवश्यक अनुसन्धान भइरहेको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x