वैदेशिक रोजगारीका नाममा १४ करोड बढी ठगी गर्ने १ व्यक्ति पक्राउ

1.7K
shares

काठमाडौं, वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठूलो रकम उठाई फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर, हेटौंडा–४ घर भई हाल ललितपुर महानगरपालिका–४ बस्ने ५२ वर्षीय शम्भु दयाल अग्रवाल छन्।

अग्रवालले विभिन्न देशमा काममा पठाइदिने लोभ देखाई पीडितहरूबाट १४ करोड १३ लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएको उजुरी परेपछि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखाबाट खटिएको टोलीले ललितपुरमै पक्राउ गरेको हो।

पक्राउ परेका अग्रवाललाई आवश्यक अनुसन्धान तथा कानुनी कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

civil hospital
Hams Hospitals