राहदानी छिटो बनाइदिने भन्दै ठगीमा संलग्न ३ बिचौलिया पक्राउ

843
shares
national life insurances
Nabil bank

काठमाडौं, राहदानी विभाग त्रিপुरेश्वर परिसरमा सेवाग्राहीलाई “छिटोछरितो राहदानी बनाइदिन्छौं” भन्दै प्रलोभन देखाई अतिरिक्त रकम असुल्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरू:

  • मनराज श्रेष्ठ (४५ वर्ष), काठमाडौं महानगर–१८

  • हेमन्त सिंह ओखेडा (१९ वर्ष), कीर्तिपुर नगरपालिका–५, मूल घर बझाङ, बित्थडचिर–६

  • दिपेश के.एम (३० वर्ष), महालक्ष्मी नगरपालिका–४, मूल घर प्युठान नगरपालिका–८

प्रहरी उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले राहदानी विभागको मुख्य गेट बाहिर सर्वसाधारणलाई धम्क्याएर, प्रलोभन देखाएर तथा अनधिकृत रूपमा अतिरिक्त रकम लिई राहदानी प्रक्रिया छिटो पारिदिने गतिविधि गर्दै आएको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

उनीहरूले सेवाग्राहीलाई दु:ख–हैरानी दिने, राहदानी विभागका कर्मचारीको नियमित कार्यमा अवरोध पुर्‍याउने र अनधिकृत रूपमा पासपोर्ट प्रक्रियामा हस्तक्षेप गर्दै आएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारवाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited