अख्तियारद्वारा ३२ जनाविरुद्ध सर्वोच्चमा मुद्दा, वाइडबडी प्रकरणमा १ अर्ब ४७ करोड बिगो माग

3.7K
shares

काठमाडौं । वाइडबडी विमान खरिद प्रकरणमा विशेष अदालतको फैसला चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ। अख्तियारले पूर्व पर्यटनमन्त्री जीवन बहादुर शाही सहित ३२ जनालाई प्रतिवादी बनाउँदै पुनरावेदन दर्ता गरेको हो।

 

अख्तियारका अनुसार वाइडबडी खरिदमा मूल्य बढाएर भुक्तानी गरिएको र बिक्रेता कम्पनीसँगको मिलेमतोमा राज्यलाई हानी नोक्सानी पुर्‍याइएको दाबी छ। आयोगले उक्त प्रकरणमा १ अर्ब ४७ करोड १० लाख रुपैयाँ बिगो माग गरेको छ।

 

विमानको एमटीओडब्ल्यु २४२ टनको सर्टिफिकेट लिनुपर्नेमा २३० टनमा सीमित गरी १२ टन बराबरको मूल्य घटाइ नदिएको र मूल्य कृत्रिम रूपमा बढाउँदै ७४ करोड ५८ लाख ७७ हजार र१२ टन मूल्य घटाउनुपर्ने तर नघटाइ गरिएको ७२ करोड ५८ लाख ७७ हजार रुपैयाँभुक्तानी गरिएको अख्तियारको ठहर छ।

 

विशेष अदालतले केहीलाई सफाइ र केहीलाई आंशिक दोषी ठहर गरेको थियो। सो फैसला अपर्याप्त भएको भन्दै अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको हो।

civil hospital
Hams Hospitals