नेप्से ०.५३ अंकले घट्दै २६४४.७० मा, आज सवा ४ अर्बभन्दा बढीको कारोबार
वि.सं.२०८२ मंसिर १६ मंगलवार
1.1K
shares
shares
काठमाडौँ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.५३ अंकले घटेर २६४४.७० बिन्दुमा बन्द भएको छ। दिनभर हल्का उतार–चढाव देखिए पनि बजार समग्रमा सामान्य कमजोर अवस्थामै रह्यो।
आजकाे कारोबारमा कूल ४ अर्ब ४८ करोड १३ लाख ९४ हजार १ सय ४९ रुपैयाँ ९७ पैसा बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ।
उक्त कारोबारका लागि १ करोड ८ लाख १० हजार १ सय ६ कित्ता शेयर किनबेच भएका हुन्।
सामान्य अंकगत घटावट आए पनि कारोबार रकम फेरि सवा ४ अर्ब नाघ्नु बजारमा लगानीकर्ताको सक्रियता कायम रहेको संकेत मानिएको छ।
































