इसेवा ‘ड्रिल’ भन्दै पाँच घण्टा सेवा अवरुद्ध: उपभोक्ता फेरि बाधित

2.9K
shares
national life insurances
Nabil bank

काठमाडौँ। प्राविधिक प्रणाली बलियो बनाउने नाममा फोनपे नेटवर्कले फेरि एकपटक उपभोक्ता सेवामै धक्का दिएको छ। फोनपेले “Disaster Recovery Drill” संचालन गर्ने भन्दै इसेवाका महत्वपूर्ण सेवा पाँच घण्टासम्म बन्द हुने जानकारी मंगलबार सार्वजनिक गर्यो।

सूचनाअनुसार मंसिर १७ गते राति १२:३० बजेदेखि बिहान ५:३० बजेसम्म QR Payment, Bank Transfer, Merchant Payment लगायतका दैनिक आवश्यक सेवामा अवरोध पर्छ।

प्रश्न उठ्दै: ‘ड्रिल’ को जिम्मेवारी उपभोक्ताले नै किन बेहोर्नु पर्ने?

फोनपेले आफ्नो प्रणाली सुदृढ बनाउने भन्दै यस्तो ड्रिललाई नियमित प्रक्रिया बताउँदै आएको छ। तर,

बारम्बारको डाउनटाइम,

सूचना पूर्व–तयारीको अभाव,

मध्यरातमै भए पनि पाँच घण्टाको पूर्ण रोक
जस्ता कुराले उपभोक्ता फेरि चोटमा परेको छ।

व्यापारी र उपयोगकर्तालाई असर

मध्यरातदेखि बिहानको समय बैंकिङ सेवाको शान्त समय मानिए पनि—
होटल, यातायात, अनलाइन सेवा, नाईट–सिफ्ट व्यवसायहरूका लागि भने यस्तो अवरोध ठूलो समस्या बन्छ।
तर यस्तै बारम्बारको ‘Maintenance Excuse’ लाई उपभोक्ताहरूले आलोचना गर्दै आएका छन्।

इसेवाको क्षमायाचना, तर असन्तुष्टि बढ्दै

इसेवाले अवरोधका कारण पर्न सक्ने असुविधाप्रति क्षमायाचना गरेको छ।
तर वास्तविक प्रश्न—
प्रणाली कहिले स्थिर हुन्छ?
किन हरेक प्राविधिक कामको मूल्य उपभोक्ताले तिरिरहनु पर्ने?

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited