एनपीएलमा पहिलो ‘ह्याट्रिक’ लिने बलर को हुन ?

1.1K
shares
Nabil bank

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौँ गोर्खाजका शाहब आलमले आज ऐतिहासिक प्रदर्शन गरेका छन्। पोखरा एभेञ्जर्सविरुद्ध उनले ह्याट्रिकसहित ६ विकेट लिएर प्रतियोगिताको एउटा नयाँ कीर्तिमान बनाएका छन्। उनी एनपिएलमा ह्याट्रिक लिने पहिलो खेलाडी र एकै खेलमा सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका हुन्।

सामान्यतया दबाबका क्षणमा उत्कृष्ट बलिङको प्रदर्शन गरेका शाहबले ४.३ ओभरमा २५ रन खर्चिँदै ६ विकेट लिए। प्रारम्भिक सफलताका रूपमा उनले जेसन रोयलाई आउट गर्दै पहिलो विकेट हात पारे भने दोस्रो विकेट १७.४ ओभरमा किरण ठगुन्नालाई आउट गरेर लिए।

चितवनलाई जितका लागि २० रन आवश्यक अवस्थामा शाहबले निर्णायक अन्तिम ओभर गर्न आए।
ओभरको पहिलो तीन बलमा उनले ऋषि धवन (क्याच– मिलिन्द कुमार),,विपिन खत्री (स्टम्पिङ),आकाश चन्द (क्याच– मिलिन्द कुमार)लाई आउट गर्दै शानदार ह्याट्रिक पूरा गरे।
त्यसपछि ओभरको अन्तिम बलमा सागर ढकाललाई आउट गर्दै उनले आफ्नो ६ विकेटको यात्रा पूरा गरे।

यसअघि एनपिएलमा एकै खेलमा सबैभन्दा धेरै विकेट लिने कीर्तिमान चितवन राइनोजका रञ्जित कुमारकै नाममा थियो। उनले विराटनगर किंग्सविरुद्ध ४ ओभरमा २१ रन दिएर ५ विकेट लिएका थिए।

शाहब आलमले आजको प्रदर्शनसँगै एनपिएल इतिहासमा नयाँ मापदण्ड स्थापित गरेका छन्।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited