कर्मचारी सेयर काण्डपछि कमजोर बन्दै ग–एको सन नेपाल लाइफको वेबसाइट बन्द

16.8K
shares
Nabil bank

काठमाडौँ । कर्मचारी सेयर हिनामिनासम्बन्धी विवादले लगातार दबाबमा रहेको सन नेपाल लाइफ इन्स्योरेन्स अन्ततः प्राविधिक रूपमा पनि प्रभावित देखिएको छ। कम्पनीको आधिकारिक वेबसाइट sunlife.com.np केही दिनयता पूर्ण रूपमा बन्द भएको छ।

वेबसाइट खोल्ने प्रयास गर्दा “502 Bad Gateway” त्रुटि देखिन्छ, जसले वेबसाइट सर्वर नै डाउन रहेको संकेत गर्छ। वेबसाइट बन्दबारे कम्पनीले आजसम्म एक वाक्य पनि आधिकारिक रूपमा स्पष्टिकरण दिएको छैन।

कम्पनीभित्र कर्मचारी सेयर बाँडफाँडमा भएका अनियमितता, सेयर हिनामिना, अधिकार दुरुपयोग र आन्तरिक विवाद गहिरिँदै गएपछि कम्पनी अदालत र सिआइबी दुवैको छानबिनमा परेको छ।यसैबीच बढ्दो विवादले कम्पनीको वित्तीय स्वास्थ्य कमजोर हुँदै गएको नियामक निकायका स्रोतहरूले बताउँदै आएका छन्।

ईन्स्योरेन्सको वेबसाइट नै नचल्दा ग्राहक सेवामा असर परेको छ।बीमा कर्जा, बोनस विवरण, पॉलिसी अपडेट, प्रिमियम जानकारी जस्ता नियमित सेवाहरू अवरुद्ध हुँदा ग्राहकहरू सामाजिक सञ्चार माध्यममा असन्तुष्टि व्यक्त गर्दै आएका छन्।

आन्तरिक विवाद, छानबिन र प्राविधिक समस्या एउटै समयमा देखा पर्दासन नेपाल लाइफ हाल गम्भीर व्यवस्थापन संकटमा छ भन्ने विश्लेषण अघि आएका छन्।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x