काठमाडौंबाट भरतपुर हुँदै भैरहवा पुर्‍याइए रवि लामिछाने

27.9K
shares
Nabil bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा लगिएको छ। उनलाई काठमाडौंबाट भरतपुर हुँदै भैरहवा पुर्‍याइएको हो।

भैरहवा जाने जहाज मौसम खराबीका कारण उड्न नसकेपछि रविलाई भरतपुरसम्म हवाईमार्गबाट लगिएको थियो। त्यसपछि भरतपुर विमानस्थलबाट गाडीमार्फत भैरहवा लैजान थालिएको हो।

रविसँगै उनकी पत्नी निकिता पौडेल पनि भैरहवा गएकी छन्। साथै रास्वपाका नेताहरू हरि ढकाल, दीपक बोहरा, गणेश पराजुली लगायत पनि पछिपछि भैरहवा जाँदैछन्।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x