मूल्यसूची नटाँस्दा काठमाडौँका दुई व्यवसायलाई ५०–५० हजार जरिवाना

16K
shares
Nabil bank

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत कार्य गरेको भन्दै काठमाडौँका दुई व्यवसायलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको छ।

विभागका अनुसार प्रत्येक वस्तुमा उत्पादकले कारखाना मूल्य र बिक्रेताले थोक वा खुद्रा मूल्यसूची अनिवार्य रूपमा राख्नुपर्ने कानुनी व्यवस्था छ। साथै उद्योग दर्ता प्रमाणपत्र र व्यवसाय दर्ता तथा इजाजतपत्र बिक्रीस्थलमा सर्वसाधारणले देख्ने गरी राख्नुपर्ने प्रावधान पनि रहेको छ।

यी व्यवस्था पालना नगरेको पाइएपछि काठमाडौँ महानगरपालिका–३ महाराजगञ्जस्थित प्रिया स्वीट एण्ड चाट हाउस र टोखास्थित आई क्याफे रेष्टुरेन्ट एण्ड बार लाई जनही ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।

त्यसैगरी विभागले थप १४ वटा उद्योग तथा फर्मको अनुगमन गरी आवश्यक निर्देशनात्मक कारबाहीसमेत गरेको छ।

विभागका अनुसार पछिल्ला दिनहरूमा बजार अनुगमनलाई तीव्र बनाइएको छ। बजारलाई स्वच्छ र मर्यादित बनाउन, कालोबजारी नियन्त्रण गर्न तथा अखाद्य वस्तुको बिक्री वितरण रोक्न विभाग सक्रिय रूपमा क्रियाशील रहेको जनाएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x