सेयरबजार निरन्तर सुस्त, नेप्से १३.८८ अंकले घटेर २५८१.२१ मा

1.1K
shares

काठमाडौं । सेयरबजारको सुस्ती कायमै रहँदा सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.८८ अंकले घटेर २५८१.२१ विन्दुमा झरेको छ।

बजार घटेको दिन ५४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २०० वटा कम्पनीको घटेको छ। पाँचवटा कम्पनीको सेयर अघिल्लो मूल्यमै कारोबार भएको नेप्सेले जनाएको छ।

सोमबार कुल ९१ लाख कित्ता सेयर कारोबार हुँदा ३ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। बढेका कम्पनीमध्ये एसवाई प्यानलका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशत नाफा कमाएका छन् भने अन्य कम्पनीका लगानीकर्ताले अधिकतम ६.०१ प्रतिशतसम्म मात्रै प्रतिसेयर आम्दानी गरेका छन्।

घटेका कम्पनीतर्फ मानुषी लघुवित्त र लक्ष्मी लघुवित्तका सेयरधनीले क्रमशः ६.८४ प्रतिशत र ५.५८ प्रतिशत प्रतिसेयर नोक्सानी व्यहोरेका छन्। बाँकी घटेका कम्पनीका लगानीकर्ताले अधिकतम साढे ५ प्रतिशतसम्म नोक्सानी व्यहोरेका छन्।

कारोबार रकमका आधारमा लुम्बिनी विकास बैंकको सेयर सर्वाधिक १० करोड रुपैयाँको खरिद–बिक्री भएको छ। अन्य कम्पनीको कारोबार भने सो स्तरसम्म पुग्न सकेन।

civil hospital
Hams Hospitals