केपी ओलीले लगाइदिएको गुन तिर्न आएको हुँ’:रवि लामिछाने
वि.सं.२०८२ पुस ७ सोमवार
shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारी प्रकरणको पेशी बुझ्न आज जिल्ला अदालत काठमाडौं पुगेका छन्।
अदालत परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले व्यंग्यात्मक शैलीमा केपी शर्मा ओलीले लगाइदिएको गुन तिर्न आएको बताएका छन्। ओलीले हालै एक अन्तर्वार्तामा आफूले रवि लामिछानेलाई धेरै गुन लगाएको तर रविले आफ्नो मात्र विरोध गरेको गुनासो गरेका थिए। सोही अभिव्यक्तिको जवाफस्वरूप लामिछानेले यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले भने, ‘केपी ओलीजीले गुन लगाइदिनुभएको छ, त्यही तिर्न आएको हुँ।’
लामिछानेले सातवटा जिल्लामा तारिख धाउनुपर्दा अत्यन्तै कठिन भएको अनुभूति पनि व्यक्त गरे।
‘जिउभरि किला ठोकेजस्तो भएको छ। सात दिनभित्र बाँकी सबै अदालतमा गएर हाजिर गर्नुपर्ने हुन्छ। तारिख मिलाउनुपर्छ, कतै अर्कैले तारिख लिइसकेको होला। दौडधुप चलिरहेको छ,’ उनले भने।
लामिछानेले बाँकी मुद्दाहरूका लागि अझै तयारी गर्नुपर्ने उल्लेख गर्दै अहिले पनि दबाब कायमै रहेको बताए।
रवि लामिछाने हालै उच्च अदालत तुलसीपुरको आदेशमा नख्खु कारागारबाट रिहा भएका हुन्।































