प्रभु इन्स्योरेन्सको १८ प्रतिशत बोनस सेयर डिम्याट खातामा जम्मा

1.9K
shares

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीलाई प्रदान गरेको बोनस सेयर डिम्याट (हितग्राही) खातामा जम्मा भएको छ।

कम्पनीको २९औँ वार्षिक साधारण सभाले पारित गरेको १८ प्रतिशत बोनस सेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा पठाइएको हो। उक्त बोनस सेयर साउन १ गतेसम्म कायम रहेका शेयरधनीलाई प्रदान गरिएको थियो।

सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडका अनुसार सभाबाट पारित बोनस सेयर सम्बन्धित सबै शेयरधनीको डिम्याट खातामा सफलतापूर्वक जम्मा भइसकेको छ।

civil hospital
Hams Hospitals