सामन्था रूथमाथि दुर्व्यवहार

4.1K
shares

काठमाडौं ।केही समयअघि ‘द राजा साब’ की अभिनेत्री निधि अग्रवालसँग लञ्च इभेन्टमा भीडले धक्का–मुक्की गरेको थियो। त्यसपछि अहिले सामन्था पनि यसको शिकार बनेकी छन्। सामन्था हालै एक सार्वजनिक कार्यक्रममा सहभागी भएकी थिइन्, जहाँ भीडले उनलाई घेर्यो। सामन्थालाई सुरक्षित रूपमा आफ्नो कारसम्म पुग्न निकै संघर्ष गर्नुपर्‍यो।

 

आइतबार अभिनेत्री सामन्था रुथ प्रभु हैदराबादमा एक साडी शोरूमको उद्घाटन कार्यक्रममा सहभागी भएकी थिइन्। कार्यक्रममा सामन्थालाई हेर्न ठूलो भीड जम्मा भएको थियो।

धेरै फ्यानहरू उनीसँग अत्यन्तै नजिक आए। सामन्थाका बडीगार्डले जसोतसो घेरा बनाएर भीडलाई उनी नजिक आउनबाट रोके। यस क्रममा सामन्था पटक–पटक लड्खडाइन्। कतै उनको साडी पनि तानिएको थियो।

 

धक्का–मुक्कीबीच जसोतसो बच्दै–बच्दै सामंथा मञ्चसम्म पुगेकी थिइन्।

 

साडी शोरूमको लञ्च इभेन्टपछि सामन्थाले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टबाट आफ्नो लुकका धेरै तस्वीरहरू पोस्ट गरेकी छन्। सामन्थाले लेखेकी छन्, ‘एक्सनले भरिएको सुटिङ सेड्युलपछि, चोट, रगत र पीडा सहँदै पनि परिस्थितिलाई हेर्दा हामीले आफूलाई अचम्मकै राम्रोसँग सम्हाल्यौं।’ एजेन्सी

civil hospital
Hams Hospitals