भत्ता अनियमितता प्रकरणः वडा सचिव धरौटीमा रिहा

17.1K
shares
Nabil bank

काठमाडौँ ।सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको अभियोग लागेका वडा सचिवलाई विशेष अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।

विशेष अदालत काठमाडौँले कैलालीको जानकी गाउँपालिका–१ मा कार्यरत वडा सचिव प्रेमबहादुर बुढालाई २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले बुढालाई धरौटी बुझाएपछि थुनामुक्त गर्न आदेश दिएको अदालतले जनाएको छ ।

गत असोज ३१ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकी गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष खकेन्द्र भण्डारी र वडा सचिव प्रेमबहादुर बुढासहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मुद्दामा वडा सदस्यहरू कल्पना खड्का, सुनकोसा सार्की, विजयबहादुर रावल र शेरबहादुर विश्वकर्मा, खरिदार पूर्णबहादुर विष्ट तथा कार्यालय सहयोगी सोनम कठरियालाई समेत प्रतिवादी बनाइएको छ ।

अख्तियारको आरोपपत्र अनुसार मृत्यु भइसकेका व्यक्तिको नाममा समेत सामाजिक सुरक्षा भत्ता निकासा गरिएको, एउटै नागरिकता प्रयोग गरी दोहोरो भत्ता लिने लाभग्राही खडा गरिएको र कुल ६८३ जना लाभग्राहीको अभिलेख बनाई प्रतिवादीहरूले आफैं नक्कली औंठाछाप लगाएर प्रमाणित गरेको पाइएको छ ।

त्यस्तै नवीकरण नै नभएका लाभग्राहीको नाममा समेत रकम निकासा गरी सरकारी कोषमा ठूलो नोक्सानी पुर्‍याइएको अख्तियारले जनाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x