संघीय मामिला मन्त्रालयद्वारा दुई सहसचिव बढुवा सिफारिस
वि.सं.२०८२ पुस ११ शुक्रवार
1.6K
shares
shares
काठमाडौँ । बढुवा समितिको सचिवालयले दुई जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै रिक्त सहसचिव पदमा बढुवाका लागि योग्य ठहरिएका कर्मचारीहरूको नाम सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा उनीहरूलाई बढुवाका लागि सिफारिस गरिएको हो।
बढुवा समितिको बिहीबार बसेको बैठकको निर्णयअनुसार नेपाल कृषि सेवा अन्तर्गत बाली संरक्षण समूहका राजपत्रांकित प्रथम श्रेणीका एक जना र भेटेरिनरी समूहका राजपत्रांकित प्रथम श्रेणीका एक जना कर्मचारी सहसचिव पदमा बढुवाका लागि सिफारिस सूचीमा परेका छन्।
सिफारिस भएका कर्मचारीहरूको बढुवा प्रक्रिया प्रचलित कानुन तथा नियमावली अनुसार अगाडि बढाइने मन्त्रालयले जनाएको छ।





























