गुरुङले छानबिन आयोगमा बयान दिए, आर्थिक कारोबारका सबै कागजात पेस गरेको दाबी
वि.सं.२०८२ पुस १३ आइतवार
shares
काठमाडौँ । गठन गरिएको छानबिन आयोगमा गुरुङले बयान दिएका छन्। उनले हालसम्मका सबै आर्थिक कारोबारसम्बन्धी कागजातसहित आयोगमा उपस्थित भई बयान दिएको बताएका छन्।
गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले आज छानबिन आयोगमा बयान दिएको जानकारी दिँदै नेपालसँग आबद्ध भएका सबै आर्थिक कारोबारका कागजात प्रमाणसहित पेस गरेको उल्लेख गरेका छन्। ‘हामी नेपालसँग आबद्ध भएका आर्थिक कारोबारसम्बन्धी हालसम्मका सम्पूर्ण कागजात ढण्डासहित छानबिन आयोगमा उपस्थित भएको छु,’ उनले लेखेका छन्।
आफूमाथि लगाइएका आरोपको सत्यतथ्य प्रमाणका आधारमा स्पष्ट पार्ने प्रक्रियामा स्वयं अघि बढेको उल्लेख गर्दै गुरुङले भनेका छन्, ‘हामीमाथि लगाइएको आरोपको सत्यतथ्य प्रमाणसहित स्पष्ट पार्ने प्रक्रियामा स्वयं अगाडि बढेको छु।’
छानबिनबाट सत्य उजागर हुने विश्वास व्यक्त गर्दै उनले लेखेका छन्, ‘सत्य कहिल्यै डराउँदैन। आरोप होइन, प्रमाण बोल्नुपर्छ र आज मैले प्रमाण प्रस्तुत गरेको छु।’
































