सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा इलामको पहिरो प्रभावित क्षेत्रलाई आर्थिक सहयोग

1K
shares
Nabil bank

इलाम। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत इलाम नगरपालिकाको पहिरो प्रभावित क्षेत्रलाई रु. १ लाख आर्थिक सहयोग प्रदान गरेको छ।

उक्त सहयोग रकम सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सका प्रदेश प्रमुख कर्मराज पौडेलको उपस्थितिमा इलाम नगरपालिकाका मेयर केदार थापालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

सहयोग हस्तान्तरण कार्यक्रममा इलाम नगरपालिकाका प्रवक्ता तथा वडा नं. ४ का अध्यक्ष नुतनदेव दुलाल, सानिमा रिलायन्स लाईफ इलाम शाखा प्रबन्धक मदन घिमिरे, एजेन्सी मेनेजरहरू प्रकाश भट्टराई, डिकेन्द्र दाहाल, खेमराज ढकाल, खिन माया बस्नेत, सितामाया थेगिम तथा अग्रज व्यक्तित्व रोशन कर्माचार्यलगायत कम्पनीका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै समाजप्रतिको दायित्वलाई निरन्तर आत्मसात गर्ने जनाएको छ। नाफामुखी व्यवसायसँगै सामाजिक हितलाई पनि समान रूपमा अघि बढाउने कम्पनीको विश्वास रहेको छ।

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले हाल देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २० अर्ब रुपैयाँभन्दा बढीको लगानी भइसकेको छ। साथै, करिब २० हजारभन्दा बढी अभिकर्ता कम्पनीमा आबद्ध रहेका छन्।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited