तिम्रो दाइको नाम हो पल शाह:समीक्षा अधिकारी

4.6K
shares

काठमाडौं । चर्चित गायिका समीक्षा अधिकारी यतिबेला देश तथा विदेशका स्टेज कार्यक्रमहरूमा व्यस्त देखिन्छिन् । आइतबार बागलुङ महोत्सवमा प्रस्तुति दिएकी समीक्षा त्यसपछि जापान प्रस्थान गरिसकेकी छन् ।

कार्यक्रमहरूमा जाँदा समीक्षाको लोकप्रियता जति देखिन्छ, कहिलेकाहीँ उनलाई प्रतिकूल परिस्थितिको सामना पनि गर्नुपरेको छ । विशेषगरी अभिनेता पल शाहका केही समर्थकहरूबाट बेलाबखत उनी मानसिक दबाबमा पर्ने गरेको चर्चा हुँदै आएको छ । यस्तै अवस्था उनले बागलुङ महोत्सवमा पनि झेल्नुपरेको छ ।

बागलुङमा जारी ८औँ बागलुङ महोत्सवमा गीत गाउन स्टेज उक्लेकी समीक्षालाई केही दर्शकले ‘पल शाह खोइ ?’ भन्दै हुटिङ गरेका थिए । ‘ट्रयाक रेडी छ’ भन्दै प्रस्तुति सुरु गर्न लाग्दा दर्शकदीर्घाबाट बारम्बार आएको उक्त आवाजले उनी केही क्षण नर्भस बनेकी थिइन् । सुरुमा संयमित रहँदै प्रस्तुति दिन खोजे पनि हुटिङ नरोकिएपछि समीक्षाले जवाफ दिन बाध्य भइन् ।

उनले दर्शकतर्फ फर्कँदै भनिन्,
‘तिम्रो दाइको नाम हो पल शाह, त्यही भएर भुकेको भुकै हुनुहुन्छ।’

त्यसपछि माहोल सामान्य बनाउन खोज्दै उनले थपिन्,
‘हेर्न चाहिँ मलाई नै आउनुभा’छ, तपाईंको अनुहार अघिबाटै देखिराखेको छु है।’

समीक्षाको उक्त जवाफपछि माहोल केही शान्त बनेको थियो । त्यसपछि उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दै महोत्सवको वातावरण तताएकी थिइन् । दर्शकहरूको उल्लेख्य सहभागिताबीच उनको प्रस्तुति सम्पन्न भएको आयोजकले जनाएको छ ।

civil hospital
Hams Hospitals