भद्रपुर विमानस्थलमा जहाज रनवेबाट चिप्लियो, ५१ यात्रु सुरक्षित

993
shares
Nabil bank

काठमाडौँ । काठमाडौंबाट भद्रपुरका लागि उडेको उडान संख्या ९०१ को जहाज (नम्बर 9N-AMF) भद्रपुर विमानस्थलमा अवतरणका क्रममा रनवेबाट केही भाग बाहिरिएको छ।

उक्त जहाजमा ५१ जना यात्रु सवार रहेका थिए। घटनामा यात्रु तथा चालक दलका सबै सदस्य सुरक्षित रहेको विमानस्थल स्रोतले जनाएको छ।

जहाज रनवेबाट बाहिरिएपछि केही समय विमानस्थलको उडान–अवतरण प्रभावित भएको थियो। घटनाको कारणबारे प्राविधिक जाँच भइरहेको जनाइएको छ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited