एक्स्ट्रिम र म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘World Cup Fan’ योजना सार्वजनिक
वि.सं.२०८२ पुस २१ सोमवार
shares
काठमाडौं।एक्स्ट्रिम इनर्जी ड्रिंक र म्याक्स टाइगर इनर्जी ड्रिंकले उपभोक्तालाई लक्षित गर्दै ‘World Cup Xtreme Energy Drink Fan’ तथा ‘World Cup Max Tiger Energy Drink Fan’ योजना सार्वजनिक गरेका छन्।
यस योजनाअन्तर्गत सहभागी भाग्यशाली उपभोक्ताहरूले ४ दिनको मुम्बई भ्रमणसहित T20 विश्वकपमा नेपालको एक खेल प्रत्यक्ष हेर्ने अवसर प्राप्त गर्नेछन्।
कम्पनीका अनुसार यो योजना मार्फत कुल ४० जना विजेता छनोट गरिनेछ। जसअन्तर्गत नेपालका १५ प्रमुख शहरमा हुने ब्रान्ड प्रवर्द्धन कार्यक्रमबाट १५ जना र सामाजिक सञ्जालमार्फत २५ जना विजेता चयन गरिनेछ।
योजनामा सहभागी हुन उपभोक्ताले एक्स्ट्रिम इनर्जी ड्रिंक वा म्याक्स टाइगर इनर्जी ड्रिंक खरिद गरी त्यसको फोटो वा भिडियो बनाएर फेसबुक वा इन्स्टाग्राममा
#T20XtremeEnergydrink र #T20MaxTigerEnergydrink ह्यासट्याग प्रयोग गरी पोस्ट गर्नुपर्नेछ।
सामाजिक सञ्जालमार्फत छनोट हुने २५ जना विजेताको घोषणा एक्स्ट्रिम इनर्जी ड्रिंक र म्याक्स टाइगर इनर्जी ड्रिंकको आधिकारिक फेसबुक पेजबाट Facebook Live मार्फत गोलाप्रथाद्वारा गरिनेछ। बाँकी १५ विजेताहरू भने ब्रान्ड प्रवर्द्धन कार्यक्रम स्थलमै गोलाप्रथाबाट छनोट गरिने जनाइएको छ।
ब्रान्ड प्रवर्द्धन कार्यक्रम हुने शहर तथा स्थानसम्बन्धी सम्पूर्ण जानकारी कम्पनीका आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिनेछ। योजना पुस १७ गतेदेखि माघ १६ गतेसम्म लागू हुने बताइएको छ।
यस योजनामार्फत एक्स्ट्रिम इनर्जी ड्रिंक र म्याक्स टाइगर इनर्जी ड्रिंकका उत्पादक एग्रो थाई फुड्स प्रा. लि. ले उपभोक्तालाई उर्जा, उत्साह र अविस्मरणीय क्रिकेट अनुभवसँग जोड्ने लक्ष्य लिएको जनाएको छ।































