तत्कालीन नगर प्रमुख शाह सहित १४ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

720
shares
Nabil bank

बाजुरा । बाजुराको बुढीगङ्गा नगरपालिकाका तत्कालीन नगर प्रमुख दिपक विक्रम शाह सहित १४ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।

 

नगर भवन निर्माण ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा शाह सहित १४ जना विरुद्ध मुद्दा दायर गरेको हो ।

 

आयोगले तत्कालीन नगर प्रमुख दीपक विक्रम शाह,तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेम काजी महर्जन, तत्कालीन अधिकृत छैटौं नरेन्द्र नाथ, तत्कालीन इन्जिनियर पारस खाती, तत्कालीन सब इन्जिनियर गणेश राज रेग्मी लगायत १४ जनाविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको हो ।

 

ठेक्कामा मिलेमतो गरी बोलपत्रका सर्तहरू बदनियत पूर्वक संशोधन गरिएको, प्रतिस्पर्धा सीमित पारिएको लगायत बढी कबोल गर्ने कम्पनीलाई ठेक्का दिइएको विरुद्ध मुद्दा दायर गरिएको हो । उनीहरु विरुद्ध ३ करोड २७ लाख ७८ हजार रुपैयाँ बिगो कायम गरि अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

 

अख्तियारले दायर गरेको मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद,जरिवाना र बिगो असुल उपरको माग दाबी गरिएको छ । तत्कालीन नगरप्रमुख शाहसहित प्रतिवादीहरूले आपसी मिलेपतोमा आफूहरूलाई लाभ र नगरपालिकालाई हानीनोक्सानी पुर्याउने उद्देश्यले सो कार्य गरेको अख्तियारको ठहर छ ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited