नेशनल लघुवित्तका CEO यादवद्वारा एमबिबिएस अध्ययनका लागि तीन लाख सहयोग

1.4K
shares

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (CEO) रामबहादुर यादवले एमबिबिएस अध्ययनका लागि सिरहाको बरियारपटी गाउँपालिका निवासी सत्यनारायण साफीलाई रु. ३ लाख आर्थिक सहयोग प्रदान गरेका छन्।

आर्थिक अवस्था कमजोर भए पनि चिकित्सक बन्ने दृढ संकल्प बोकेका साफीको शैक्षिक यात्रालाई निरन्तरता दिन सहयोग गरिएको यादवले बताए। उनले शिक्षा नै देश विकासको आधार भएकाले प्रतिभावान तर आर्थिक रूपमा पछाडि परेका विद्यार्थीलाई सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्व भएको उल्लेख गरे।

सहयोग प्राप्त गरेपछि साफीले CEO यादव तथा नेशनल लघुवित्त परिवारप्रति आभार व्यक्त गर्दै यो सहयोगले आफ्नो एमबिबिएस अध्ययनको सपना पूरा गर्न ठूलो हौसला मिलेको बताए।

नेशनल लघुवित्त वित्तीय संस्था पछिल्लो समय वित्तीय सेवासँगै शिक्षा, स्वास्थ्य र सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत सक्रिय हुँदै आएको छ।

civil hospital
Hams Hospitals