ओखलढुङ्गा विपद् व्यवस्थापन समाजद्वारा ज्ञानज्योति माध्यमिक विद्यालयमा झोला वितरण कार्यक्रम सम्पन्न

2.1K
shares

ओखलढुङ्गा । ओखलढुङ्गा विपद् व्यवस्थापन समाजले कुवापानीस्थित ज्ञानज्योति माध्यमिक विद्यालय का विद्यार्थीहरूका लागि झोला वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

 

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरण बुढाथोकी को अध्यक्षतामा सम्पन्न भएको थियो। सञ्चालक शिक्षक कृष्ण दाहाल ले उत्साहपूर्ण वातावरणमा कार्यक्रम सञ्चालन गर्नुभयो। कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी, समाजसेवी र स्थानीय बासिन्दाहरूको ठुलो सहभागिता रहेको थियो।

 

समाजका अध्यक्ष गुरु केदार बराल, जो पोकलि झरना सेवा समाजका संस्थापक र ओखलढुङ्गा विपद् व्यवस्थापन समाजका वर्तमान अध्यक्ष हुन्,ले सम्बोधन गर्दै भन्नुभयो:

 

“ओखलढुङ्गा विपद् व्यवस्थापन समाजको अध्यक्षको रूपमा मैले झोला वितरण कार्यक्रमलाई निरन्तरता दिँदै विद्यार्थीहरूको शैक्षिक स्तरमा सुधार ल्याउने लक्ष्य राखेको छु। आज यहाँको विद्यार्थीहरूले प्राप्त गरेका झोला र सहयोगले उनीहरूको पढाइ र अनुशासनमा सकारात्मक प्रभाव पार्नेछ।

 

जीवनमा सत्य बोल्ने, काम समयमै गर्ने र अनुशासित हुने तीन कुरा विद्यार्थीहरूले अटल रूपमा अपनाउनुपर्छ। यस्ता गुणहरूले विद्यार्थीहरूलाई मात्र होइन, समाज र राष्ट्रलाई पनि बलियो बनाउँछन्।

 

साथै, आजका सांस्कृतिक झाँकी कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई विशेष प्रशंसा गर्न चाहन्छु। यसले उनीहरूको सिर्जनात्मक क्षमता, आत्मविश्वास र सहकार्यलाई अझ प्रोत्साहित गर्छ।”

 

कार्यक्रममा अधिवक्ता सुरेन्द्र बोगटी ले आफूले यही विद्यालयमा अध्ययन गरेको अनुभव साझा गर्दै, विद्यालयलाई उच्च स्तरको भवन उपलब्ध गराउने प्रयास र झोला वितरण कार्यक्रममार्फत सहयोग गरेको कुरा व्यक्त गर्नुभयो।

 

साथै युवा व्यवसायी, सफल समाजसेवी र ओखलढुङ्गा विपद् व्यवस्थापन समाजका सल्लाहकार दिनेश कार्की ले विद्यालयको भौतिक र शैक्षिक आवश्यकतामा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 

कार्यक्रममा लिखु–२ का वडा अध्यक्ष रामकुमार बुढाथोकी प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभयो। उहाँले विद्यालय व्यवस्थापन समिति, समाजका सदस्य र सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमको सफलता र सहयोगको प्रशंसा गर्नुभयो।

 

विशेष गरी विद्यालयका प्रधानाध्यापक श्री भीमबहादुर खड्का र पूर्व शिक्षक प्रेम बहादुर बुढाथोकी ले समाजको समन्वयकर्ता र झोला वितरण कार्यक्रमका प्रमुख गुरु केदार बराल, सुरेन्द्र बोगटी, दिनेश कार्की लगायत सम्पूर्ण टिम र सहयोगी दाताहरू प्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।

 

समाजको टोलीले यसै क्रममा सयपत्री स्वस्थ आमा समूह, कुवापानी को पिकनिक कार्यक्रममा पनि सहभागिता जनाउँदै सामाजिक प्रतिबद्धता देखाएको थियो।

 

अन्त्यमा, ओखलढुङ्गा विपद् व्यवस्थापन समाजको तर्फबाट ज्ञानज्योति माध्यमिक विद्यालय, लिखु गाउँपालिका–२, ओखलढुङ्गा मा झोला वितरण कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने प्रधानाध्यापकज्यू, शिक्षकवृन्द, जनप्रतिनिधि, अभिभावकज्यूहरू र प्रिय विद्यार्थी भाइबहिनीहरू सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

 

यो कार्यक्रम गुरु केदार बरालको नेतृत्वमा विद्यार्थीहरूको शैक्षिक स्तर उन्नति, अनुशासन, गुणात्मक शिक्षा र सिर्जनात्मक प्रतिभा विकासको प्रेरणादायी उदाहरणको रूपमा रहनेछ।

civil hospital
Hams Hospitals