करोडौं भुक्तानी नदिँदा स्वास्थ्य बीमा धरापमा, बोर्ड निर्देशकले दिए राजीनामा

3.1K
shares
Nabil bank

काठमाडौं स्वास्थ्य बीमाको भुक्तानी बापत सरकारले करोडौं रुपैयाँ समयमै नदिँदा उत्पन्न संकटबीच स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन् । उनले स्वास्थ्य मन्त्रालयमार्फत प्रधानमन्त्रीसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

सरकारले स्वास्थ्य बीमाअन्तर्गत अस्पतालहरूले उपलब्ध गराएको सेवाको रकम लामो समयदेखि भुक्तानी नगर्दै आएको भन्दै सरकारी तथा निजी अस्पतालहरू आक्रोशित बन्दै आएका थिए । यही विवाद चुलिँदै जाँदा हालै त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल) ले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको सेवा नै रोकेको थियो । टिचिङ हस्पिटलपछि अन्य सरकारी तथा निजी अस्पतालहरूले पनि बीमा कार्यक्रम रोक्ने तयारी थालेका थिए ।

स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्ले तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको कार्यकालमा तनहुँबाट बोर्डमा नियुक्त भएका थिए । बोर्ड नेतृत्वमा रहेर उनले बीमा कार्यक्रम विस्तार र सुधारका प्रयास गरिरहे पनि सरकारबाट रकम निकासा नहुँदा कार्यक्रम गम्भीर संकटमा परेको उनी निकट स्रोतको भनाइ छ ।

हाल सरकारलाई अस्पतालहरूसँग अर्बौं रुपैयाँ बराबरको स्वास्थ्य बीमा भुक्तानी तिर्न बाँकी रहेको बताइन्छ । भुक्तानी नआएपछि अस्पतालहरूले औषधि खरिद, उपकरण सञ्चालन तथा सेवा निरन्तरतामा समस्या भोग्नुपरेको भन्दै बीमा कार्यक्रम रोक्ने निर्णय लिन थालेका हुन् ।

स्वास्थ्य बीमा कार्यक्रम रोकिँदा सबैभन्दा ठूलो मार सर्वसाधारण बीमित नागरिकलाई परेको छ । बीमा कार्ड बोकेर उपचारका लागि अस्पताल पुगेका बिरामीहरू सेवा नपाएर फर्किन बाध्य भएका छन् । यसले सरकारको स्वास्थ्य बीमा नीतिप्रति गम्भीर प्रश्न उठाएको छ ।

डा. काफ्लेको राजीनामापछि स्वास्थ्य बीमा बोर्ड नेतृत्वविहीन बनेको छ । अब सरकार र स्वास्थ्य मन्त्रालयले भुक्तानी समस्या समाधान गर्दै कार्यक्रमलाई कसरी निरन्तरता दिन्छ भन्ने विषयमा सर्वत्र चासो बढेको छ ।

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:  

माघ १ गतेदेखि स्वास्थ्य बीमा सेवा बन्द गर्ने

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited