एमडीआरटी २०२४ सफल क्लोज गर्ने ४३ अभिकर्ता सम्मानित

13.6K
shares
Nabil bank

 

काठमाडौँ । ग्लोबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमडीआरटी २०२४ सफलतापूर्वक क्लोज गर्ने अभिकर्ताहरूका लागि सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ।

कम्पनीको आयोजनामा राजधानीमा सम्पन्न कार्यक्रममा कम्पनीका अध्यक्ष श्रीमती प्रेमराज्य लक्ष्मी सिंहको प्रमुख आतिथ्यता तथा प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा एमडीआरटी २०२४ का लागि तोकिएको बीमाशुल्क संकलन पूरा गर्दै नेपालभरबाट TOT तर्फ २ जना, COT तर्फ ४ जना र MDRT तर्फ ३७ जना गरी जम्मा ४३ जना अभिकर्ता एमडीआरटीमा छनोट हुन सफल भएकोमा उनीहरूलाई विशेष सम्मान गरिएको थियो।

कार्यक्रमको उद्घाटन अध्यक्ष सिंहले पानसमा दीप प्रज्वलन गर्दै गर्नुभएको थियो। त्यस अवसरमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जीवन बीमा प्रशिक्षक काजिम रजालले अभिकर्ताहरूलाई व्यवसायिक दक्षता अभिवृद्धि, नेतृत्व विकास तथा एमडीआरटी लक्ष्य प्राप्तिका लागि प्रेरणादायी तालिम प्रदान गर्नुभएको थियो।

प्रमुख कार्यकारी अधिकृतले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन अभिकर्ता समूहको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै अभिकर्ताहरूलाई उच्च प्राथमिकतामा राखी केही नयाँ अभ्यासहरू सुरु गरिएको जानकारी दिनुभयो। उहाँले एमडीआरटी २०२४ का लक्ष्य हासिल गर्न सफल सबै अभिकर्ताहरूलाई विशेष सम्मान गरिएको र आगामी दिनमा एमडीआरटी उत्पादन बढाउने उद्देश्यले नयाँ मासिक योजना तथा प्रोत्साहन कार्यक्रम ल्याइएको बताउनुभयो।

कार्यक्रममा एमडीआरटी उत्पादनमा सबैभन्दा बढी सफलता हासिल गर्ने शाखालाई पनि सम्मान गरिएको थियो।

कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत स्मृति राज कँडेलले सहभागीहरूलाई स्वागत मन्तव्य राख्नुभएको थियो भने नायब महाप्रबन्धक प्रज्वल सोमिले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

विविध मनोरञ्जनात्मक प्रस्तुति, उत्प्रेरणामूलक तालिम तथा उच्चस्तरीय सम्मान कार्यक्रम समावेश गरिएको उक्त कार्यक्रममा सम्मानित अभिकर्ताहरूले आफ्नो मेहनतको कदर भएको अनुभूति गर्दै गर्व महसुस भएको प्रतिक्रिया दिएका थिए।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x