सम्राट सिमेन्टमा काम गर्ने क्रममा दुर्घटना, एकको मृत्यु एक घाइते

10.2K
shares
Nabil bank

लमही । लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्टमा काम गरिरहेका एक श्रमिकको माटोको ढिस्को खस्दा पुरिएर मृत्यु भएको छ।

वडा प्रहरी कार्यालय लमहीका अनुसार लमही नगरपालिका–७ कमानपुरका ३६ वर्षीय अरविन्द चौधरीको घटनास्थलमै मृत्यु भएको हो। सोही दुर्घटनामा लमही नगरपालिका–७ हसनापुरका अर्का श्रमिक शंकर चौधरी घाइते भएका छन्।

घाइते चौधरीलाई लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ।

घटनाको कारणबारे आवश्यक अनुसन्धान सुरु गरिएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x