DishHome Internetद्वारा “Service on Door (SOD)” अभियानको औपचारिक सुरुवात
वि.सं.२०८२ माघ २० मंगलवार
shares
काठमाडौं । DishHome Internet ले आफ्ना इन्टरनेट सेवाहरूलाई अझ सहज, छरितो तथा ग्राहक–केन्द्रित बनाउने उद्देश्यका साथ “Service on Door (SOD)” अभियानको औपचारिक सुरुवात गरेको छ।
उक्त अभियान बागमती प्रदेशअन्तर्गत थानकोट तथा चन्द्रागिरी क्षेत्रबाट माघ १५ गतेदेखि सञ्चालनमा आएको हो।
यस अभियानअन्तर्गत ग्राहकहरूले DishHome Internet को सेवा जडान तथा सम्बन्धित प्राविधिक सेवा आफ्नै घरमै प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। ग्राहकको समय र सुविधालाई प्राथमिकतामा राख्दै, कम्पनीका दक्ष प्राविधिक टोलीहरू घरमै पुगेर सेवा प्रदान गर्नेछन्।
“Service on Door (SOD)” अभियान काठमाडौं उपत्यकाबाट सुरु भई चरणबद्ध रूपमा देशका अन्य क्षेत्रहरूमा समेत विस्तार गरिने DishHome Internet ले जनाएको छ। साथै, यस अभियानमार्फत ग्राहकहरूले वार्षिक रिचार्ज गर्दा विशेष छुट तथा अतिरिक्त सुविधाहरू प्राप्त गर्न सक्नेछन्।





























