नेशनल लाइफ इन्स्योरेन्सद्वारा ‘Employee Skill Enhancement Program’ पोखरामा सम्पन्न
वि.सं.२०८२ माघ २० मंगलवार
shares
पोखरा। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कर्मचारीहरूको प्राविधिक क्षमता अभिवृद्धि तथा व्यावसायिक दक्षता विकास गर्ने उद्देश्यले “Transitioning to the Age of Artificial Intelligence” नारासहित तीनदिने Employee Skill Enhancement Program सफलतापूर्वक सम्पन्न गरेको छ।
कार्यक्रम पोखरास्थित होटल ग्रान्ड पोखरामा सम्पन्न भएको हो। कार्यक्रममा कम्पनीका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली तथा विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो। देशभरका शाखा कार्यालय र केन्द्रीय कार्यालयका प्रशासनिक कर्मचारी गरी कुल २८९ जना कर्मचारी कार्यक्रममा सहभागी थिए।
कम्पनीकी अध्यक्ष श्रीमती प्रेमराज लक्ष्मी सिंहज्यूले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। उद्घाटन मन्तव्यका क्रममा उहाँले बीमा व्यवसाय प्रविधिमैत्री बन्दै गइरहेको सन्दर्भमा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence) सम्बन्धी यस किसिमको तालिमले कम्पनीको व्यावसायिक प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
सो अवसरमा अध्यक्ष सिंहज्यूले कार्यसम्पादन मूल्याङ्कनका आधारमा Best Employee Award–२०८२ अन्तर्गत उत्कृष्ट ठहरिएका कर्मचारीहरू— रोहित कुमार श्रेष्ठ, जीवन बाराकोटी, नेमप्रसाद थारु, बेजोन काकी, योगेश निरौला, नविना खाती र रचना पराजुलीलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभयो।
प्रमुख कार्यकारी अधिकृत श्री सुरेश प्रसाद खतिवडाज्यूले स्वागत मन्तव्यका क्रममा दक्ष कर्मचारीबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने उल्लेख गर्दै कर्मचारीहरूलाई प्रविधिमा सक्षम बनाउने उद्देश्यले डाटा विश्लेषण, ग्राहक सेवा प्रणाली लगायतका क्षेत्रमा AI (Artificial Intelligence) सम्बन्धी तालिमको व्यवस्था गरिएको जानकारी दिनुभयो। साथै, बीमा व्यवसायसँग प्रत्यक्ष सरोकार राख्ने सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम पनि समावेश गरिएको बताउनुभयो।
कार्यक्रममा Broadway Infosys का श्री सन्देश भट्टराईले कृत्रिम बुद्धिमत्ताका विविध प्रयोगात्मक उदाहरण प्रस्तुत गर्दै विस्तृत प्रशिक्षण प्रदान गर्नुभएको थियो।
यस्तै, नेपाल बीमा प्राधिकरणका उपनिर्देशक श्री पदमप्रसाद सोडारीज्यूले बीमा क्षेत्रलाई माध्यम बनाएर हुने सम्भावित सम्पत्ति शुद्धीकरण गतिविधिप्रति सचेत रहन आग्रह गर्दै राष्ट्रिय हितका लागि अवैध वित्तीय कारोबार रोक्नु सबैको दायित्व भएको उल्लेख गर्नुभयो।
कर्मचारीहरूको मानसिक तथा शारीरिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले Art of Living का प्रशिक्षक डा. डोल्जन लामिछानेज्यूबाट योग प्रशिक्षण पनि प्रदान गरिएको थियो।
कार्यक्रमअन्तर्गत सञ्चालित पेशागत ज्ञान अभिवृद्धि परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने केन्द्रीय कार्यालयका सुरक्ष्या सिंह, बेजोन काकी तथा कीर्तिपुर शाखाका सिद्धार्थ महर्जनलाई प्रमुख कार्यकारी अधिकृतज्यूले नगद प्रोत्साहनसहित सम्मान गर्नुभयो। साथै, प्रदेशस्तरीय फुटसल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र केन्द्रीय कार्यालयका टोलीहरूलाई पनि पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।
कार्यक्रमको समापन मन्तव्य राख्दै कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत श्री स्मृति राज कँडेलज्यूले सहभागिताप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गरी कर्मचारीहरूको सीप, दक्षता र सेवाको गुणस्तर अभिवृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।





























