मालपोत घुस प्रकरणमा सरकारी साक्षी बसेका दुई जनाविरुद्ध मुद्दा दायर

13.8K
shares
Nabil bank

 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत अधिकृतले घुस लिएको प्रकरणमा सरकारी साक्षी बसेका दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ।

आयोगले आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको हो।

भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतले मोही जग्गा दर्ताका लागि सेवाग्राहीसँग २४ लाख ५० हजार रुपैयाँ घुस लिएको प्रकरणमा सरकारी साक्षी बसेका तेजबहादुर तामाङ र सानुकान्छा तामाङविरुद्ध मुद्दा चलाइएको आयोगले जनाएको छ।भक्तपुरको चाँगुनारायण नगरपालिका-४ निवासी तामाङद्वयले आयोगसमक्ष अनुसन्धानका क्रममा दिएको बयानविपरीत विशेष अदालतमा बकपत्र गरेको ठहर आयोगले गरेको छ।

साविक चाँगुनारायण गाविस-५ ख, कित्ता नम्बर २८६ र २८९ को जग्गा बाँडफाँड तथा नामसारी सहजीकरण गरिदिने भन्दै कर्मचारीसँगको मिलेमतोमा घुस लेनदेन भएको तथ्य पुष्टि भएपछि उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x